• बैशाख २८ २०८३, सोमबार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको पद तथा गोपनीयताको शपथ आज

पुष ११ २०७९, सोमबार

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ।