काठमाडौं । सत्ता गठबन्धन टुटेपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बैठक पार्टी कार्यालय आलोकनगरमा शुरु भएको छ ।
बैठकमा माधव नेपालले बैठकमा ‘ब्रिफिङ’ गर्दै एमालेसँग यथास्थितिमा कुनै हालतमा मिलेर जान नसक्ने बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूसँग कुनै छलफल नगरी बालकोट गएकोमा आफ्ना नेताहरुसँग गुनासो गरेका छन् ।
अध्यक्ष नेपालको भनाइ उदृत गर्दै एक नेताले भने, ‘प्रचण्डले कुनै सल्लाह नगरी गए त्यसैले हामीले अब प्रतिपक्षमा बस्नु उपयुक्त हुन्छ ।’