काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा छलफलपछि निराश भएर खुमलटार फर्किएका छन् ।
बालुवाटारको छलफल निष्कर्शमा पुग्न नसकेपछि ‘थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु’ भनेर निस्किएको एक नेताले बताए।
आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालबीच भएको छलफलमा सहमति जुट्न सकेको थिएन । देउवा र प्रचण्ड दुवै आफूले पहिले सरकारको नेतृत्व गर्न चाहन्छन्। कांग्रेसले राष्ट्रपति पनि आफैंले पाउनुपर्ने बताएको छ।