• जेष्ठ ७ २०८३, बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे जानकी मन्दिरमा पूजापाठ

पुष ९ २०७९, शनिबार

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् ।

पूर्वराजा शाहलाई रातो कार्पेट ओछ्याइ जानकी मन्दिरमा भव्य स्वागत गरिएको हो ।

मन्लिर दर्शनपछि उनलाई मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।उनी हिजो (शुक्रबार) धनुषा पुगेका थिए ।

पूजा पाठपछि उनी यात्री निवास गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए ।

पूर्व राजासँग पूर्व महारानी कोमल शाह र छोरी पनि सँगै छन् ।