काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी हस्ताक्षर संकलन थालेको छ । कांग्रेसका एक सांसदका अनुसार शुक्रबारदेखि सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको हो ।
ति सांसका अनुसार प्रधानमन्त्रीमा कांग्रेसले आफ्नो दावीसहित हस्ताक्षर संकलन गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ३ गते ७ दिनभित्र दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी गर्न आह्वान गरेका थिए ।
कांग्रेससँग प्रतिनिधि सभामा ८९ जना सांसद मात्रै छन् । ऊ एक्लैको बहुमत नपुग्ने भएकाले उसले सत्ता गठबन्धनको साथमा सरकार गठनको लागि प्रयास गरिरहेको छ । तर, सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट आफूले सुरुमा प्रधानमन्त्री बन्न पाउनुपर्ने माग राखेका छन्। तर कांग्रेस प्रचण्डलाई सरकारको नेतृत्व नदिने अडानमा छ।