• जेष्ठ ७ २०८३, बिहीबार

नेपालको जेलमा १९ वर्ष २ महिना जेल बसेर छुटे ‘बिकिनी किलर’ शोभराज

पुष ८ २०७९, शुक्रबार

काठमाडौं । ‘बिकिनी किलर’का रुपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज केन्द्रीय कारागारबाट रिहा भएका छन् । १९ वर्ष २ महिनासम्म नेपाली जेलमा कैद रहेका शोभराज शुक्रबार रिहा भएका हुन् ।

सर्वोच्च अदालतले बुधबार जारी गरेको आदेशानुसार केन्द्रीय कारागार सुन्धाराले शोभराजलाई थुनामुक्त गरेको हो। उनलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको थियो। सर्वोच्चले शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र स्वदेश (फ्रान्स) पठाउन समेत सरकारका नाममा आदेश जारी गरेको थियो।

सर्वोच्चको आदेश अनुसार शोभराजलाई फ्रान्स डिपोर्ट गर्ने तयारी गरिएको अध्यागमन विभागका एक अधिकारीले जानकारी दिएका छन्।