• जेष्ठ ७ २०८३, बिहीबार

कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज आजै छुट्ने

पुष ७ २०७९, बिहीबार

काठमाडौं । कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज आजै छुट्ने भएका छन्। न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई जेलमुक्त गर्न दिएको आदेश कार्यान्वयन गर्दै रिहाईको तयारी गरेको छ ।

सर्वोच्चको उक्त आदेशसँगै १९ वर्षभन्दा लामो जेल जीवनबाट शोभराज बाहिर निस्कने भएका छन्। केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका शोभराज थुनामुक्त हुने प्रक्रियासमेत अघि बढिसकेको छ।

शोभराजलाई जन्मकैद (२०) को कैद सजायको फैसला गर्ने जिल्ला अदालतमार्फत् पत्र कारागार कार्यालय सुन्धारा पुगेपछि उनी औपचारिक रुपमा रिहाई हुनेछन्।