• बैशाख २८ २०८३, सोमबार

आज माओवादी केन्द्रले संसदीय दलको नेता चुन्दै

पुष ७ २०७९, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज संसदीय दलको नेता चयन गर्न दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणपछि माओवादीले दलको नेता चयन गर्न लागेको हो । त्यसका लागि अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

माओवादी केन्द्रको दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनिने निश्चित छ । प्रत्यक्षतर्फबाट १८ र समानुपातिकतर्फबाट १४ सिटसहित प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् ।.