• बैशाख २८ २०८३, सोमबार

पशुपति शमशेर जबराले लिए प्रतिनिधि सभाको जेष्ठ सदस्यको शपथ

पुष ६ २०७९, बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले राष्ट्रपतिबाट प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको शपथ लिएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको रुपमा सपथ खुवाएकी हुन् ।

अब प्रतिनिधि सभाका सदस्यहरुको शपथ जबराले खुवाउने छन्। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य (सांसद)हरुको शपथ बिहीबार हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।