देउवापक्षका सांसदले मतदानस्थलमा मोबाइल लैजान पाउनुपर्ने माग गरे पछि भएको विवाद समाधान भए पछि निर्धारित समयभन्दा केही ढिलो मतदान सुरु भएको हो।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेसम्म मतदान जारी रहनेछ। सिंहदरबारमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा छ। कांग्रेसमा प्रत्यक्ष निर्वाचित ५७ र समानुपातिक तर्फका ३२ गरी जम्मा ८९ सांसद छन्। दलको नेता चयन हुन बहुमत अर्थात ४५ मत आवश्यक पर्छ।