एजेन्सी । ट्विटरको कार्यकारी प्रमुखको पदबाट इलोन मस्कले राजीनामा दिने घोषणा गरेका छन्।
उनका अनुसार उक्त पदका लागि ” योग्य मूर्ख” व्यक्ति फेला परेपछि आफूले पदत्याग गर्ने भएका हुन् ।
यी अर्बपतिले यसअघि ट्विटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने सङ्केत गरेका थिए।
त्यसमा सहभागी ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए।