• बैशाख २८ २०८३, सोमबार

कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल

पुष ५ २०७९, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् ।

पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् ।

यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् । थापाको प्रस्तावकमा भने शेखर कोइराला रहने भएका छन् ।