काठमाडौं । नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन ‘अनन्त’ चीनमा उपचार गराएर आज (मंगलबार) स्वदेश फर्किएका छन्।
स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी तीन सातापछि नेपाल फर्किएका हुन् । प्रतिनिधिसभा निर्वाचन सकिए लगतै नेता पुन उपचारका लागि चीन गएका थिए । वंशाणुगत जण्डिशबाट पीडित पुनलाई चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।
उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। उनलाई माओवादी नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेललगायतले विमानस्थलमा स्वागत गरेका छन्।