• फाल्गुन २७ २०८२, बुधबार

विष्फोटमा ८ जना इराकी प्रहरी मारिए, जिम्मा कसैले लिएन

पुष ३ २०७९, आईतवार

बग्दाद । इराकको किर्कुकमा बम विस्फोट हुँदा कम्तीमा आठ प्रहरीको मृत्यु भएको छ । इराकको उत्तर-मध्य सहर किर्कुकनजिकै बम विस्फोट भएको हो ।

विस्फोटमा परि आठ संघीय प्रहरी अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतलाई उद्दृत गर्दै अलजजिराले जनाएको छ । घटनामा दुई अधिकारी गम्भीर घाइते भएका छन् ।

किर्कुकबाट ३० किलोमिटर दक्षिणपश्चिममा रहेको सफारा गाउँनजिकै विस्फोट भएको थियो । समूहमा यात्रा गरिरहँदा आक्रमण भएको बताइएको छ । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । उक्त क्षेत्रमा आईएसआईएस लडाकु सक्रिय छन् । file photo.