• फाल्गुन २७ २०८२, बुधबार

भारतलाई कुनैपनि बेला परमाणु बमले उडाइदिन सक्छौं : पाकिस्तानी मन्त्री साजिया

पुष ३ २०७९, आईतवार

इस्लामावाद । पाकिस्तानकी मन्त्री साजिया मारीले भारतलाई परमाणु बम प्रहार गर्न सकिने धम्की दिएकी छिन् । उनले पाकिस्तानको आणविक अवस्था चुप लागेर बस्न नसक्ने अवस्थामा भएको बताएकी छिन् । समाचार एजेन्सी एएनआइका अनुसार पाकिस्तान पिपुल्स पार्टीकी नेतृ साजियाले बोल न्यूजसितको कुराकानीमा यी कुराहरु बताएकी हुन् ।

उनले भनिन्,‘भारतले हामीसित एटम बम छ भन्ने कुरा बिर्सनु हुँदैन, हाम्रो आणविक स्थिति मौन बस्ने अवस्थामा छैन, आवश्यक परेमा हामी पछि हट्ने छैनौं ।’

मोदी सरकारका कुनै पनि फोरममा भारतका मन्त्री यस्तो अन्धो बनेर पाकिस्तान जस्तो शक्ति सम्पन्न राष्ट्रका लागि बकबासपूणर् कुरा गर्न सक्छन् भने त्यो उनको दोष हो । मैले धेरै फोरमहरुमा मोदी सरकारले पठाएका कुटनीतिज्ञहरुको सामना गरेको छु । जहाँ एक मन्त्रीले संयुक्त राष्ट्र संघमा बोलेका शब्दहरु नै भनिएका छन् ।

पाकिस्तानलाई आतंकवादको केन्द्र भनिन्छ, यो उनीहरुको एक षडयन्त्र हो । उद्यपी साजियाले आफ्नो बयानपछि एएनआइको समाचारलाई ट्वीट गर्दै लेखेकी छन्,‘पाकिस्तान एक जिम्मेवार आणविक सम्पन्न देश हो, भारतीय सञ्चारमाध्यमका कतिपय तत्वले हंगामा मच्चाउन खोजिरहेका छन् । भारतीय मन्त्रीको भड्कावपूणर् अभिव्यक्तिप्रति पाकिस्तानी विदेशमन्त्रीले प्रतिकृया दिएकी हुन् ।

आतंकवाद विरुद्धको लडाइँमा पाकिस्तानले भारत भन्दा धेरै गुमाएको छ, मोदी सरकारले अतिवाद र फासिवादलाई बढावा दिइरहेको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर दिएको विवादास्पद बयानपछि मन्त्री साजियाको बयान आएको हो । उनले विदेशमन्त्री भुट्टोको भनाईको समर्थन गरेकी छिन् ।

बिलाव भुट्टोले भनेका थिए,‘ओसामा बिन लादेन मरेका छन्, तर गुजरातका कसाई जिवितै रहेका छन्, र उनी भारतका प्रधानमन्त्री हुन्, प्रधानमन्त्री हुँदासम्म उनलाई अमेरिका जान प्रतिबन्ध लगाइएको थियो । सो वक्तव्यको भारतमा चर्को विरोध भएको थियो । र मोदीको पार्टी भाजपाले पाकिस्तानी दुतावास अगाडी विरोध प्रदर्शन गरेको थियो । यसअघि संयुक्त राष्ट्र संघमा भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानलाई आतंकवादको केन्द्र भएको भन्दै आलोचना गरेका थिए ।

बिलावल भुट्टो भनाईको जवाफमा भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘यो कथन पाकिस्तानका अनुसारपनि एकदमै तल्लो तहको छ । पाकिस्तानका अल्पसंख्यकहरुको दृष्टिकोणमा खासै परिवर्तन आएको छैन । उसलाई भारतलाई दोष दिने अधिकार छैन ।’

भारतीय विदेशमन्त्रालयलाई उदृढ गर्दै बीबीसी हिन्दीले बताएको छ ।