• जेष्ठ ७ २०८३, बिहीबार

पाचँथरमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पुष ३ २०७९, आईतवार

काठमाडौं । पाचँथर फिदिम नगरपालिका-३ बस्ने ३९ वर्षीय नरेन्द्र राईलाई १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा ती किशोरीलाई राईले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुहानडाँडा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।