• जेष्ठ ७ २०८३, बिहीबार

सर्लाहीमा सशस्त्र प्रहरी जवानमाथी गोली प्रहार

पुष २ २०७९, शनिबार

काठमाडौं । सर्लाहीमा सशस्त्र प्रहरी जवानमाथी गोली प्रहार भएको छ।

रामनगर गाउँपालिका वडा नं ६ स्थित एक खाजा पसलमा शुक्रबार साँझ गोली प्रहार भएको हो।

रामनगर गाउँपालिका ७ घर भई काभ्रेपलान्चोकको १५ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरीका जवान सुरेस साह घाइते भएका छन्। उनलाई आफ्नै फुपूको छोरा राम प्रवेश साहले गोली हानेको प्रहरीले जानकारी दिएको छ।

राम प्रवेशलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा स‌लग्न २ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए।