काठमाडौं । सोमालियामा अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा सुरक्षा बलले अल-शबाबका ८८ लडाकूलाई मारेको एक अधिकारीले बताएका छन् ।
उपसूचना मन्त्री अब्दिरहमान युसुफ अल अदालाले बिहीबार राति सरकारी टेलिभिजनलाई दिएको जानकारी अनुसार सुरक्षा बलले मध्यशाबेल क्षेत्रको जुहाय गाउँको विशाल जङ्गलमा आक्रमण गरेका र चरमपन्थी समूहहरूले प्रयोग गर्दै आएका हतियार र उपकरणहरू पनि बरामद गरेका छन् ।
अल अदालाका अनुसार आक्रमणको योजना बनाउन जङ्गलमा समूहबद्ध भएका लडाकूहरूको उपस्थितिबारे पूर्व गुप्तचर सूचनाका साथ यो अभियान सुरु गरिएको थियो । सोमालियाको मध्यभागमा हालैका दिनहरूमा सरकारी फौजले अल-शबाबविरुद्ध कैयौँ अभियान चलाएको छ ।