काठमाडौं । ट्विटरका एक पूर्वप्रबन्धकलाई साउदी अरब विरुद्ध जासुसी गरेको आरोपमा दोषी ठहर गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, धेरै वर्ष अघि उनले साउदी अरबसँग डाटा साझेदारी गरेका थिए र सम्भावित रूपमा प्रयोगकर्ताहरूको पहिचान खुलासा गरेका थिए ।
उनलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको अमेरिकी अभियोजकहरूले बताएका छन् । सान फ्रान्सिस्कोको संघीय अदालतले यस वर्ष अगस्टमा अहमद अबुम्मोलाई दोषी ठहर गरेको थियो ।
अभियोजकहरूले अबुम्मोलाई सात वर्ष भन्दा बढीको जेल सजायको माग गरेका थिए तर, निणर्ायक मण्डलले उनलाई साढे तीन वर्षको मात्रै सजाय सुनाएको थियो ।