काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आउँदो पुस ४ गते जलपान कार्यक्रम राखेको जनाएको छ ।
आयोगले आफ्नै प्राङ्गणमा पुस ४ गते १ः३० बजे जलपान कार्यक्रम आयोजना गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उनको भनाइ छ।