काठमाडौं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा भाइरल बनेकी मिस क्रोएसिया इभाना केनोल यतिखेर चर्चामा छिन् । उनै भाइरल इभानालाई कतारका एक जना खेलाडीले विवाहको लागि प्रस्ताव गरेका छन् ।
डेली मेल समाचारका अनुसार फुटबल हेर्न कतार पुगेकी क्रोएसियाकी २६ वर्षीया मोडल इभानालाई एक जना कतारी खेलाडीले बिहेको प्रस्ताव राखेका हुन्। इन्स्टाग्राममा भाइरल बनिरहेकी इभानाले केही खेलाडीले आफूलाई सहज मानेको र उनीहरूको प्रतिक्रियामा विचार गरिरहेको बताएकी छन्।
इभानाले कतारका खेलाडीले आफूलाई जहाँ पनि भेट्दा माया गर्ने गरेको बताइन्।