• जेष्ठ ७ २०८३, बिहीबार

निर्वाचन आयोगले राष्ट्रपति कार्यालय पुगेर बुझायो मतपरिणामको प्रतिवेदन

मंसिर २९ २०७९, बिहीबार

काठमाडौं । निर्वाचन आयोगले आम निर्वाचन–२०७९ को मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। मतदान सम्पन्न भएको करिब तीन सातापछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरिएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाइएको हो।