काठमाडौं, मङ्सिर २८ । जापानले काभ्रेपलाञ्चोकको एक ग्रामिण इलाकामा स्वास्थ्य चौकी निर्माणमा सहयोग गरेको छ । यसका लागि नेपालका लागि जापानका राजदूत किकुता युताकाले ग्रामीण क्षेत्रका अध्यक्ष मनोजराज पन्तले अनुदान सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
गत मङ्गलबार १३ डिसेम्बरमा काठमाडौंस्थित जापानी राजदूतावासमा हस्ताक्षर समारोह भएको थियो । यो परियोजना जापान सरकारको ग्रास रुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको लागि अनुदान सहायता अन्तर्गत वित्त पोषित छ र ग्क्म् ज्ञज्ञघ,ण्ढट (लगभग ल्एच् ज्ञद्ध मिलियन) को अनुदान समावेश छ ।
आयोजनाले चौंरी देउराली गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण गर्न सहयोग गरेको हो । हाल चौंरी देउराली गाउँपालिकाको उत्तरी भेगमा अस्पताल भए पनि गाउँपालिकाको दक्षिणी भेगबाट दुई घण्टाभन्दा बढी पैदल हिँडेर अस्पताल पुग्नुपर्छ । दूरी, र खराब यातायात पहुँच अवस्थाले त्यहाँका बासिन्दाहरूलाई चिकित्सा परीक्षण र उपचार प्राप्त गर्न असजिलो छ ।
साथै यसक्षेत्रमा अस्तव्यस्त बिजुली आपूर्ति छ, जसले अस्पतालमा चिकित्सा सेवा प्रभावित गर्दछ । परियोजनाले उपलब्ध गराउने स्वास्थ्य चौकीमा सौर्य ऊर्जा उत्पादन प्रणाली जडान गरिने छ, जसले गर्दा स्थितिमा सुधार भई नजिकका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।
ग्रामीण सशक्तिकरण समाजले केही समयदेखि यस क्षेत्रका बासिन्दाहरूको जीवनस्तर सुधार गर्न काम गर्दै आएको छ । आयोजनाको व्यवस्थापन चौंरी देउराली गाउँपालिका र ग्रामीण सशक्तीकरण समाजले गर्नेछ । चौंरी देउराली गाउँपालिकाले आवश्यक स्वास्थ्य उपकरणका साथै चिकित्सक, नर्स तथा अन्य कर्मचारी र खर्च उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यस परियोजनाले ग्रामीण क्षेत्रमा स्वास्थ्य परिवेशमा सुधार र जनस्वास्थ्य प्रवद्र्धन गर्ने जापानी दूतावासको विश्वास छ । यस चिकित्सा सहायताले जापान र नेपालका जनताबीचको मित्रतालाई अहिले र भावी पुस्ताका लागि पनि थप प्रगाढ बनाउने विश्वास दूतावासले लिएको छ ।