• बैशाख २८ २०८३, सोमबार

पुन:मतगणना माग गर्दै कांग्रेस उम्मेदवार यादवको सर्वोच्चमा रिट

मंसिर २८ २०७९, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले धनुषा-४ को पुन: मतगणनाको मागका साथ सर्वोच्च अदालतमा रिट दिएका छन् ।आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् ।

सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।

रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

यादवको मागसंगै यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।