• जेष्ठ ७ २०८३, बिहीबार

काभ्रे बस दुर्घटना अपडेट: १८ जनाको मृत्यु २१ जना घाइते

मंसिर २८ २०७९, बुधबार

काभ्रे । काभ्रेको बेथानचोक–५ च्याल्टीमा पुगेर फर्केको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस सल्लाफेदमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ भएको दुर्घटनामा घटनास्थलमा १५ जनाकाे, बाटाेमा एक जनाकाे र शिर मेमोरियल अस्पतालमा २ जनाको मृत्यु भएको छ । चालक र सहचालक दुवै जनाकाे घटनास्थलमा मृत्यु भएकोले बसमा कति चढेका थिए भन्ने खबर पत्ता लाग्न सकेकाे छैन ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल तथा बनेपास्थित शिरमेमोरियल अस्पतालमा लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ।

गृहमन्त्री खाँणले गृहसचिव विनोदप्रकाश सिंहलाई दुर्घटनाका घाइतेको उपचारका लागि तत्काल व्यवस्था गर्न पनि निर्देशन दिएका थिए ।