काठमाडौँ । गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा आज हुने भएको छ ।
निर्वाचन आयोगले आज दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।
प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा सबै दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेर निर्वाचनको सबै प्रक्रिया सकिएको हुनाले आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।
आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ। राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ ।