काठमाडौं । महिला अधिकारको पक्षमा उभिएको भन्दै इरानले आफ्नो देशको व्यवसायिक खेलाडी अमिर नसर–अजादानीलाई फाँसीको सजाय सुनाएको छ ।
फिफप्रोको आधिकारीक ट्वीटरमा भनिएको छ, ‘व्यवसायिक फुटबल खेलाडी अमिर नसर–अजादानीले आफ्नो देशमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको लागि अभियान गरेपछि इरानमा मृत्युदण्डको सामना गर्नुपरेको समाचारले फिफप्रो स्तब्ध भएको छ ।’
२६ वर्षीय डिफेन्डरले इस्लामिक पहिरनको अवज्ञा गरेको आरोपमा पक्राउ गरी जेल हालिएकी माहसा अमिनीको हत्याको विरोधमा ऐक्यबद्धता जनाएका थिए । २२ वर्षीय अमिनीको हिरासतमै निधन भएको थियो ।