काठमाडौं । भारत र चिनियाँ सैनिकबीच लद्दाखको गल्वानमा दोस्रोपटक झडप भएको छ। भारत–चीन सिमामा उनीहरुकाबीचमा झडप भएको हो।
बीबीसीका अनुसार अरुणाचल प्रदेशको याङजीको तवाङ क्षेत्रका उक्त झडप भएको हो। भारतीय सेनाका प्रवक्ताले ९ डिसेम्बर २०२२ मा यस्तो झडप भएको बताएका छन्।
भारतीय सेनाले बीबीसीलाई दिएको जानकारी अनुसार भारत र चीनका सैनिकका बीचमा झडप हुनुको कारण चिनियाँ पिएलएका सैनिकहरु अरुणाचल प्रदेशको तवाङ सेक्टरमा घुसपैठ गर्ने प्रयास गर्दा भएको हो ।
उताबाट घुसपैठ भएपछि भारतीय सेना तर्फबाट जवाफी कारबाही भएको सेनाले बताएको छ। उक्त झडपमा दुवै पक्षका सैनिकहरु घाइते भएको बताइएको छ।