• मंसिर १५ २०८१, शनिबार

चर्को ब्याजका कारण व्यवसाय डुब्न लागेपछि बैंकका हाकिमले गरे सरकारसित यस्तो गुनासो

मंसिर २६ २०७९, सोमबार

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले चर्को ब्याजदरका कारण उत्पादनमा असर परेको बताएका छन् । बैंकर्स संघको ३६औं वार्षिक साधारण सभामा बोल्दै उपाध्यायले ब्याजदरको समस्या सुल्झाउन सरकार, बैंकर्स संघ र राष्ट्र बैंकबीच त्रिपक्षीय सहकार्यको आवश्यकता रहेको बताएका हुन् ।

“ब्याजदरको उच्च वृद्धिदरले उत्पादन क्षेत्रमा कमी आएको छ । यसको समाधानका लागि सबैले सोच्नुपर्ने देखिन्छ,” उनले भने, “पछिल्ला दुई वर्षसम्म व्यापार घाटा, बढ्दो आयात र ब्याजदरको वृद्धिले गर्दा बैंकिङ क्षेत्रमा तरलता अभाव भएको हो ।” आगामी दिनमा सहज हुँदै जानेमा आशावादी हुन पनि आग्रह गरे ।