काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबार ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यो तापक्रम यस वर्ष आजसम्मकै सबैभन्दा कम हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस दिन काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियो ।
उता शनिबार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.२ र अधिकतम तापक्रम १८.९ डिग्री सेल्सियस छ । यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३.५ र अधिकतम तापक्रम १६, जिरीको न्यूनतम तापक्रम ०.७ र अधिकतम तापक्रम १८.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस दिन वीरेन्द्रनगरको न्यूनतम तापक्रम ६.२ र अधिकतम तापक्रम २३.४, लुम्लेको न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम १६ डिग्री सेल्सियस छ ।
महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । चिसो क्रमशः बढ्दै गए पनि हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ ।