रोल्पा । नेकपा एमालेको समानुपातिक सांसदमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् । शनिबार बसेको सचिवालय बैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ ।
घर्तीमगर आदिवासी जनजाति महिलातर्फ चौथो नम्बरमा छनौट भएकी हुन् । घर्तीमगर नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् ।
यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा एमालेले रोल्पाकी यमुना रोक्का तामाङलाई छनौट गरेको छ ।
रोक्का तामाङ आदिवासी जनजाति महिलाबाट छनोट भएकी हुन् । नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेकी रोक्का तामाङ नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा आएकी हुन् । रोक्का तामाङ रोल्पाको थवाङ निवासी हुन् ।