• बैशाख २८ २०८३, सोमबार

राप्रपाले समानुपातिकतर्फ ७ जनाको नाम छान्यो(सूचीमा को-को परे)

मंसिर २४ २०७९, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो भागमा परेका समानुपातिक सांसदको टुंगो लगाएको छ।

राप्रपाले प्रत्यक्षमा ७ सिट जितेको थियो। समानुपातिकमा पनि ७ सिट नै पाएकोमा शनिबार नामको टुंगो लगाएको हो।

समानुपातिक सांसदको सूचीमा वरिष्ठ नेता पशुपतिशमशेर जबरा १ नम्बरमा छन्।

यस्तो छ नामावली:

१. पशुपतिशमशेर जबरा
२. बुद्धिमान तामाङ
३. रोशन कार्की
४. गीता बस्नेत
५. बिना लामा
६. बिना जैसवाल
७. अनिषा नेपाली