काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका सांसदहरुको छनोट गरेको छ। सो पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर ती १३ जना सांसदको छनोट गरेको हो।
जसमा डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर, सुमना श्रेष्ठ, डा. चन्दा कार्की, डोलप्रसाद अर्याल निशा डाँगी र विनिता कठायत चुनिएका छन्।
त्यस्तै शिव नेपाली, सन्तोष परियार, लक्ष्मी तिवारी, मनिष झा, अशोक चौधरी र असिम शाह छनोट भएका छन्।