काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निणर्य गरेको छ । शुक्रबार अपराह्न काठमाडौंमा बसेको सो पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरी लगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निणर्य गरेको हो ।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसहित सो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको छ ।