• जेष्ठ ६ २०८३, बुधबार

पोखरामा पर्वतीय महोत्सव हुने

मंसिर २३ २०७९, शुक्रबार

काठमाडौं। पोखरामा दुई दिन पर्वतीय महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले सातौं संस्करणको महोत्सव शनिबार र आइतबार आयोजना गर्न लागेको हो ।

महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखेर विविध कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

खासगरी सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवर्द्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर वृद्धि गर्नका लागि महोत्सव केन्द्रित रहने बताइएको छ ।

कार्यक्रममार्फत हिमाली क्षेत्रका समस्या र समाधानका विषयमा पनि छलफल गरिने र त्यस क्षेत्रका उत्पादनको बजारीकरण गरिने बताइएको छ ।

संग्रहालयकी निर्देशक निर्मला न्यौपानेले पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राखिने बताइन् ।

दुई दिन हुने महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसमा यस वर्षकोको नारा ‘वुमन मुभ माउन्टेन’ रहेको छ ।