• बैशाख २८ २०८३, सोमबार

चोलेन्द्रको निलम्बन फुकुवा गर्ने पत्रविरुद्धको रिटमाथिको बहस सकियो

मंसिर २३ २०७९, शुक्रबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्प्रभावी (निष्क्रिय) भएको भन्दै उनको निलम्बन फुकुवा गर्ने संघीय संसद् सचिवालयका महासचिव भरत गौतमको पत्रविरुद्ध दायर रिटमाथिको प्रारम्भिक सुनुवाइअन्तर्गत शुक्रबार बहस सकिएको छ।

सर्वच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीहरुले दायर गरेको रिटमाथिको सुनुवाइका क्रममा शुक्रबार ५ जना वरिष्ठ अधिवक्ताहरुले बहस गरे।