• बैशाख २८ २०८३, सोमबार

कांग्रेस संसदीय दलको निर्वाचनपछि नयाँ सरकार गठनबारे छलफल हुन्छ : अध्यक्ष नेपाल

मंसिर २२ २०७९, बिहीबार

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस संसदीय दलको निर्वाचन पछि मात्र नयाँ सरकार गठन प्रक्रियाबारे छलफल हुने बताएका छन् ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनले नै आगामी पाँच वर्ष सरकार चलाउने सहमति भएको बताए।

भागवण्डा गरेर सरकारको नेतृत्व गर्ने यसअघिको सहमति कायमै रहेपनि निर्वाचनको परिणाम र कांग्रेसमा संसदीय दलको नेता बन्ने आकांक्षी बढेकाले सरकारको नेतृत्व पहिले कस्ले गर्ने भन्नेबारे पुन छलफल हुने बताए।

प्रधानमन्त्री नपाएकै कारण पाँच दलीय गठबन्धन नटुट्ने भन्दै अध्यक्ष नेपालले राष्ट्रपति, सभामुख र प्रदेशका मुख्यमन्त्रीलगायतमा सत्ता गठबन्धनबीच भागवण्डा हुने बताए ।