काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा उपचार सुरु भएको छ ।
चीनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा राखेर उनको शरीरमा बल्झिएको जन्डिसको उपचार सुरु गरिएको हो ।
मंसिर ४ को निर्वाचनअघिदेखि नै उनी बिरामी थिए । चुनावमा खट्ने क्रममा जन्डिस बल्झिएपछि उनी थप उपचारका लागि चीन गएका थिए। चीनमा पछिल्लो समय कोरोना महामारी फेरि फैलिएपछि पुनलाई उक्त अस्पतालको क्वारेन्टिनमा राखेर उपचार भइरहेको छ ।
नेपालमा आवश्यक स्वास्थ्य चेकजाँचपछि पुन गत शुक्रबार फलोअप उपचार गर्न दुबई हुँदै सेन्जेन गएका थिए ।