• मंसिर १५ २०८१, शनिबार

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

मंसिर २२ २०७९, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ०२ पैसा र बिक्री दर १३८ रुपैयाँ ६५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८७ पैसा र बिक्री दर १६० रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०१ पैसा र बिक्री दर ३५ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।