• जेष्ठ ६ २०८३, बुधबार

प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेसले ल्यायो २७ लाख मत

मंसिर २० २०७९, मंगलवार

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेपाली कांग्रेसले मतको संख्या २७ लाख कटाएको छ । प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको कांग्रेसले २७ लाख ४ हजार ४ सय २७ समानुपातिक मत ल्याएको हो ।

प्रत्यक्षतर्फ पहिलो कांग्रेस समानुपातिक मतमा भने एमालेभन्दा पछि दोस्रो स्थानमा छ । निर्वाचन आयोगको तथ्यांकअनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४४ सिट जितेको एमालेले समानुपातिक मत सबैभन्दा धेरै २८ लाख ३१ हजार २ सय ७६ ल्याएको छ ।