काठमाडौं । तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए ।
उनको कार्यकाल नोभेम्बरमा सकिएको थियो । आइतबार, शेन्झाउ-१४ अन्तरिक्ष यानको चालक दल चीनको मंगोलियाको स्वायत्त क्षेत्रमा अवतरण गरेको थियो ।
चीनको अन्तरिक्ष एजेन्सीले यो मिसनलाई ‘पूर्ण रूपमा सफल’ भनेको छ । अन्तरिक्ष यान अन्तरिक्ष स्टेशनबाट लिफ्ट अफ भएको करिब नौ घण्टा पछि स्थानीय समय अनुसार ८ बजेपछि अवतरण भयो । अवतरण स्थलमा कर्मचारीले चालक दललाई क्याप्सुलबाट बाहिर निकालेको थियो ।
चीनको पहिलो महिला अन्तरिक्ष यात्री याङले अन्तरिक्ष स्टेसनमा आफूसँग अविस्मरणीय सम्झनाहरू रहेको र ‘मातृभूमि फर्कन पाउँदा उत्साहित रहेको बताएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।