• बैशाख २८ २०८३, सोमबार

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतान्तरले विजयी हुनेमा माओवादीका वर्षमान पुन

मंसिर १८ २०७९, आईतवार

काठमाडौं । प्रतिनिधिसभातर्फ सबैभन्दा बढी मतान्तरले नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन विजयी भएका छन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुन रोल्पाबाट २५ हजार २२९ मतान्तरले विजयी भएका छन् ।

पुनले कुल ४१ हजार ७१४ मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण मगरले १६ हजार ४८५ मत प्राप्त गरेका थिए । यो मतान्तर लुम्बिनी प्रदेशभरिकै धेरै फराकिलो मतान्तर हो ।

त्यसैगरी कपिलवस्तुबाट एमालेका बलराम अधिकारीले पनि भारी मतान्तरले निर्वाचन जितेका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेका अधिकारी ३४ हजार ६७५ मतका साथ विजयी हुँदा उनका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल बलदेवले १८ हजार ९८३ मत प्राप्त गरे । यी दुई प्रतिस्पर्धीबीचको मतान्तर १५ हजार ६९२ रहेको छ ।

त्यस्तै पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा राप्रपाका ध्रुवबहादुर प्रधान ३४ हजार ७६४ मत ल्याएर विजयी हुँदा उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेलको १९ हजार ५९४ मत प्राप्त गरेका थिए । यी दुईबीचको मतान्तर १५ हजार १७० रहेको छ ।