• जेष्ठ ६ २०८३, बुधबार

विहेमा गएका रावतको अत्यधिक रक्सी सेवनका कारण लडेर ज्यान गयो

मंसिर १७ २०७९, शनिबार

काठमाडौं । जुम्लामा विवाहमा भाग लिई घर फर्कने क्रममा एक जनाको लडेर मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका–६ का अन्दाजी ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला–८ मा पर्ने लाछुङ्थाडी भन्ने ठाउँको गोरुखोला भन्ने ठाउँमा उनको लडेर मृत्यु भएको थियो । रावतले मदिरा अत्यधिक रूपमा सेवन गरेको उनको भनाइ छ ।

प्रहरीका अनुसार विवाहको जन्तीमा सँगैका साथीहरू समयमै घर फर्केकी सकेका थिए भने रावत भन्ने छुट्टै घर फर्केका थिए । अहिले मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।