• बैशाख २८ २०८३, सोमबार

बारा-४ बाट निर्वाचित जनप्रतिनिधिलाई २ सय ५ किलोको माला

मंसिर १७ २०७९, शनिबार

काठमाडौं । बारा निर्वाचन क्षेत्र ४ का निर्वाचित प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ र ४ (ख) का निर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयहरूले २ सय ५ किलोको मालाले सम्मान गरेका छन् । श्रेष्ठ नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् ।

बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुआरिमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले निर्वाचित संघीय सांसद श्रेष्ठ र प्रदेश सभा सदस्य सोनललाई सम्मान स्वरूप २०५ किलोको माला लगाइदिएका हुन् ।