• बैशाख २८ २०८३, सोमबार

कार्कीलाई पछि पार्दै कुसियतले लिए अग्रता

मंसिर १५ २०७९, बिहीबार

काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा पछिल्लो मत परिणाम अनुसार एमालेका जगदिश प्रसाद कुसियैतले अग्रता लिएका छन्।

सत्ता गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै कुसियैतले ८२ मतले अग्रता लिएका हुन्।

एमालेका कुसियैतले २९ हजार ७९४ मत ल्याउँदा नेपाली काँग्रेसका उम्मेदवार एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले २९ हजार ७१२ मत प्राप्त गरेका छन्। सुनसरी ४ मा अब झण्डै १६०० मत गणना बाँकी रहेको छ।