• मंसिर १५ २०८१, शनिबार

जन्मदिनको अवसरमा आमाद्वारा छोरालाई बीमा पोलिसी उपहार

मंसिर १४ २०७९, बुधबार

काठमाडौं । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ आँपचौर निवासी पूर्णकला अर्यालले आफ्नो कान्छो छोरा सचिन अर्याललाई उनको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिनुभएको छ ।

१६ वसन्त पार गरि १७औं वसन्तमा प्रवेश गरेको सुखद जन्मदिनको उपलक्ष्यमा आमाले छोराको सुखद भविष्य र सुरक्षाको कामना सहित रु. ५ लाख बीमाङ्क बराबरको बीमा पोलिसी उपहार दिएर जन्मोत्सवलाई थप उपलब्धीमूलक बनाउनु भएको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्स बागलुङ शाखाकी अभिकर्ता समेत रहनुभएकी अर्यालले आफ्नो सन्तानको सुखद भविष्य र सुरक्षाका लागि बीमा अनिवार्य रहेको बताउँदै छोरालाई जन्मदिनको उपहारस्वरुप जीवन बीमा पोलिसी उपहार दिएको बताउनु भयो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ उपशाखाका प्रमुख अनुप सुवेदीले भड्किलो शैलीमा जन्मदिन मनाउँदा गरिने खर्चलाई जीवन उपयोगी र दीर्घकालीन फाइदाका लागि लगानी गर्ने यो उपाय प्रशंसनीय र अनुकरणीय रहेको बताउँदै यसले समाजमा सकारात्मक सन्देश पनि प्रवाहित हुने कुरा बताउनु भयो ।