काठमाडौं। चीनका पूर्व नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । उनी ल्यूकेमिया (ब्लड क्यान्सर)द्वारा पीडित रहेको चीनको सरकारी मिडियाले बतनएका हुन् । । यसका कारण उनको शरीरका थुप्रै अंगले काम गर्न बन्द गरेको थियो । त्यहि रोगका कारण उनको बुधबार निधन भयो ।
जियाङ जेमिनलाई सन् १९८९ को तियानमेन स्क्वायरको विरोधपछि चीनको नेतृत्वका लागि छानिएको थियो । एनवाईटीको रिपोर्ट अनुसार सन् १९९३ मा सत्ता हासिल गरेपछि उनी करिब एक दशकसम्म चीनको सत्तामा रहिरहे । जियाङको निधन यस्तो समय भएको हो जब कोभिड प्रतिबन्धका कारण चीनका विभिन्न शहरमा भारी विरोध प्रदर्शन चलिरहेको छ । जियाङको शासनकालमा तियानमेन स्क्वायर विरोधपछि चीनमा कुनै ठूलो प्रदर्शन भएको छैन ।
जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए । उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।