• बैशाख २७ २०८३, आईतवार

१६१ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न, कुन दलको कति सिट ?

मंसिर १४ २०७९, बुधबार

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये बुधबारसम्म १६१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ।

मतगणना सकिएका १६१ क्षेत्रमध्ये ५४ ठाउँमा जित निकाल्दै कांग्रेस पहिलो स्थानमा रहेको छ। यस्तै नेकपा एमालेले ४४, माओवादी केन्द्र १७ र नेकपा एकीकृत समाजवादीले १० ठाउँमा जित हासिल गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन्। स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ। नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ। जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका छन्।

अब चारवटा मात्र क्षेत्रको नतिजा आउन बाँकी छ। दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै सुरु भएकै छैन।

सुनसरी–४ मा मतगणना जारी छ। करिब अन्तिममा पुगेको मतगणनामा कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायम छ।

कार्कीले २५ हजार ९ सय ४४ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमाले जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइरहेका छन्।