• बैशाख २७ २०८३, आईतवार

सुनसरी-३ मा एमालेकी भगवती चौधरीको जित सुनिश्चित

मंसिर १३ २०७९, मंगलवार

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको जित पक्का भएको छ।

मतगणनाको पछिल्लो परिणामअनुसार चौधरीले ३९ हजार २ सय ९७ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३३ हजार ८ सय ६३ मत प्राप्त गरेका छन्।

३ हजार ६ सय मत गणना गर्न बाँकी हुँदा चौधरीले ५ हजार ४ सय ३४ मतको अग्रता कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।