• बैशाख २७ २०८३, आईतवार

स्याङ्जा २ र बाजुराको मतगणना सूचाारु गर्न कांग्रेसको आग्रह

मंसिर १३ २०७९, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना पुन ः सुचारु गर्न आग्रह गरेका हुन् । । त्यस्तै बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ ।

कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । चुनावको समय अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले मतगणना गर्नु पर्नेमा जोड दिए ।